अमेरिकी कार्यबाहक राजदूत मिचेल सी गोञ्जालेजले बुधबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई भेटी आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत गोञ्जालेजले अपर कर्णाली परियोजना र अरुण तेस्रो परियोजनाकोबारेमा पनि चासो व्यक्त गरेका थिए ।
उनले यी परियोजनाहरु अहिलेसम्म बन्न नसक्नुको कारणबारे ऊर्जामन्त्री शाहीसँग जिज्ञासा राखेका थिए ।
जवाफमा ऊर्जामन्त्री शाहीले नेपालमा ‘झोलामा खोला’ बोकेर दलाल र माफियाहरुले काम नगरिरहेकाले यस्ता समस्याहरु सिर्जना भएको बताएका थिए ।
उनले अपर कर्णाली र अरुण तेस्रो परियोजनाजस्ता आयोजनाहरु समयमै सन्चालन गर्न नसक्नुमा निर्माण कम्पनीहरुले ढिलासुस्ती गरिरहेको भन्दै उनीहरुले समयमै काम सन्चालन गर्न नसक्ने हुन् भने सम्झौता रद्ध गर्ने तयारी गरिएको बताए ।
ऊजामन्त्री शाहीले समयमै काम नगर्ने कम्पनीहरुसँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गर्ने नीतिगत व्यवस्थासमेत गर्ने बताएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्