Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


चेम्बर अफ कमर्स र अखिल भारतीय व्यापार महासभाबीच सम्झौता


0
Shares

बुधबार चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र अखिल भारतीय व्यापार महासभाका अध्यक्ष सन्जय अग्रवालले पारस्परिक व्यापार अभिवृद्धि गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरे ।

व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहकार्य गर्ने गरी दुई पक्षबीच सहमति भएको चेम्बर अध्यक्ष श्रेष्ठले बताए ।

आगामी तीन वर्षभित्र ३० अर्ब रुपैयाँ भारतीय लगानी नेपालमा भित्र्याउने महासभाका अध्यक्ष अग्रवालले दाबी गरे ।