बुधबार राजधानीमा गरिएको कार्यक्रममा तीन चरणमा लेखापरीक्षण गर्ने महालेखापरीक्षक टंकमणि शर्माले बताएका हुन् ।
पहिलो चरणको लेखारीक्षण काठमाडौंकेन्द्रित रहनेछ । काठमाडौंकेन्द्रित लेखापरीक्षणका लागि साउन १५ गतेदेखि टोली खटाइसकेको महालेखापरीक्षक शर्माले बताए ।
तीन चरणमा नेपालभरिका २९ सय युनिटको लेखापरीक्षण पुसको दोस्रो हप्तासम्म गरिसक्ने महालेखापरीक्षक शर्माले उल्लेख गरे ।
लेखापरीक्षणका लागि ४५० लेखापरीक्षक खटाइने जनाइएको छ ।
नेपालमा सरकारी कार्यालयतर्फ १ खर्ब ६७ अर्ब ४९ करोड बेरुजु रहेको छ । संगठित संस्था एवं समितितर्फ भने ५४ अर्ब ४० करोड बेरुजु रहेको जानकारी महालेखापरीक्षकको कार्यालयले दिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु रहेको महालेखापरीक्षक शर्माले बताए ।









प्रतिक्रिया दिनुहोस्