
बिहीबार भएको निर्वाचनबाट समितिको संयोजकमा एमाले ताप्लेजुङ सचिवालय सदस्य घनेन्द्र मादेन विजयी भएका हुन् । सहसंयोजकमा एमालेकै देवीमाया नेपाली निर्वाचित भएकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहीबार भएको मतदानमा विजयी मादेनले १२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र ईवारामले ६ मतमात्र प्राप्त गरे ।
सहसंयोजकमा विजयी नेपालीले १० मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी गीता सेन्दाङले ८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।
सदस्यहरुमा एमालेबाट कमला दमाई, कृष्णकुमारी गुरुङ, गौरीमाया लिम्बू, रामकुमारी लिम्बू, चिरेन्द्रकुमार लाबुङ, पुण्यप्रसाद खतिवडा, लक्ष्मण लिम्बू र निमातेन्जी शेर्पालगायत विजयी भएका छन् ।
मतदानमा स्थानीय तहमा निर्वाचित भएका १८ जना प्रमुख र उपप्रमुखको सहभागिता रहेको थियो । जसमा एमालेका १०, कांग्रेसका ६ र माओवादी केन्द्रका २ सदस्य रहेका थिए ।
निर्वाचित पदाधिकारीको शपथग्रहण भने जिल्ला समन्वय समितिको समन्वयमा निर्धारण गरिने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्