Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


पर्वतारोहण संघको निर्वाचनः यस्ता छन् अध्यक्षका प्रत्यासीका प्रतिबद्धता (भिडियो)


0
Shares

४३ वर्षअघि स्थापना भएको यो संस्था नयाँ नेतृत्व चयनको प्रक्रियामा लागेको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले भने संघलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पर्वतारोहण संघ (एनएमएको) निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका प्रत्यासीहरुले पर्वतीय पर्यटनमा देखिएका चुनौती समाधान गरेर अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरुले नेपालको पर्यटन क्षेत्रमा राजनीतिक हस्तक्षेप बढेको भन्दै राजनीतिबाट मुक्त राख्ने आश्वासन दिएका छन् ।

पर्यटन नेपालको आर्थिक क्षेत्रको मेरुदन्डकोरुपमा रहेको छ । तर, पछिल्लो समयमा संघमा राजनीति हाबी हुँदा नकरात्मक असर परेको भन्दै भावी नेतृत्वका लागि अघि सरेकाहरुले यसको निराकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्षका प्रत्यासी जिम्बा जाम्बू शेर्पा र सन्तवीर लामा दुवैले हिमाल आरोहणलाई थप प्रभावकारी बनाउन हिमाल आरोहीको समस्या समाधान गर्ने र हिमालको संरक्षण गर्ने नीतिमा जोड दिने बताए ।

पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अभिन्न तथा महत्वपूर्ण स्थान दिन संघलाई गतिशील बनाउने उनीहरुको भनाइ छ ।

लामाले साहसिक तथा पर्वतीय पर्यटन रोजगारकर्मी कल्याणकारी कोष, जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउने मुद्दा अघि सारेका छन् भने शेर्पाले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउने मुद्दा अघि सारेका छन् ।

पर्यटन क्षेत्रमा पर्वतीय तथा हिमाल आरोहण क्षेत्रको भूमिका महत्वपूर्ण छ । नेपालमा १३०० भन्दा बढी हिमशिखर छन् भने तीमध्ये ४१४ ओटा आरोहणका लागि खुल्ला गरिएको छ ।

भिडियो हेर्नुहोस्