Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सेयर बजार ऋणात्मक, कारोबार अर्बमाथि


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंकले ऋणात्मक रही १६ सय ६० कायम भएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से ऋणात्मक रहन पुगेको हो ।

बिमा, उत्पादनमूलक, विकास बैंक, जलविद्युत् र होटल समूह ओरालो लागेका हुन् । बिमा समूह सबैभन्दा उच्च ४५ अंकले झर्‍यो भने अरु पनि दोहोरो अंकले ओरालो लागेका हुन् । वित्त, अन्य र वाणिज्य बैंक समूह भने हरियो रहे । वित्त समूह १२ अंकले उकालो लागे पनि अरु समूह नगन्य अंकलेमात्र हरियो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६३ कम्पनीको साढे २८ लाख कित्ता सेयर १ अर्ब १४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।