चेम्बर प्रतिनिधिमन्डलले बिहीबार वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई भेटेर गल्ती गर्ने व्यापारीलाईमात्रै कारबाही गर्न माग गरेको हो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को कसुर र सजायसम्बन्धी व्यवस्था हटाउन माग गरे ।
यस परिच्छेदविपरीत काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था हटाउन चेम्बरले माग गरेको हो ।
भेटमा मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदन्ड भएको भन्दै व्यापारीहरुको सल्लाहअनुसार आफू अगाडि बढ्ने विश्वास दिलाएको चेम्बरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्