आयोजनाको विद्युत्गृह र सुरुङ निर्माणमा ठेकेदार परिचालन भएको पिपुल्स हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक केशवबहादुर रायमाझीले बताए ।
कम्पनीकाअनुसार ‘हेडबक्स’को काम भने आगामी कात्तिकबाटमात्र सुरु हुनेछ । आयोजनाको हेडबक्स, सुरुङ र विद्युत्गृह निर्माण गर्न छुट्टाछुट्टै ठेकेदार छनोट गरिएको छ ।
हेडबक्स बज्रगुरू, मुख्य सुरुङ बीपी कन्स्ट्रक्सन र विद्युत्गृह हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनले निर्माण गर्ने जिम्मा पाएका छन् ।
८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नबिल बैंकको अगुवाइमा ९ बैंकको ५ अर्ब ८० करोड रुपैयाँ लगानी रहेको छ ।
आयोजनाबाट २०७७ साल असारमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । २०७६ असोजमा पूरा गर्ने यसअघिको तालिका भएपनि भूकम्प र नाकाबन्दीको असरका कारण उत्पादन मिति ९ महिना पछि धकेलिएको निर्देशक रायमाझीले बताए ।
आयोजनामा अडिट टनेल र मुख्य टनेल गरी कुल ७ किलोमिटर सुरुङ निर्माण हुनेछ । आयोजनामा दोर्दीका साथै प्रोमुखोलाको पानीसमेत मिसाइने जनाइएको छ ।
दुवै खोलाको पानी मिसाउँदा विद्युत् उत्पादन बढ्ने आयोजनाका निर्देशक अर्जुन गौतमले बताए । ‘ग्रेसहोल्ड’ बढी रहेकाले यो आयोजना प्रतिफलका दृष्टिले निकै आकर्षक मानिएको छ ।
स्वदेशी लगानी रहेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७१ फागुनमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो ।
उत्पादित विद्युत् सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेगरी सम्झौता गरिएको छ ।
यो आयोजनामा सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडमार्फत् जिल्लावासीले २५ करोड रुपैयाँ लगानी गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्