Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


तरकारीको मूल्य आकाशियो, उपभोक्ता हैरान


0
Shares

उपभोक्ताहरुले तरकारीको मूल्य प्रतिकिलोमा १० देखि १५ रुपैयाँले वृद्धि हुँदै गएको बताए । सबैभन्दा बढी मूल्यवृद्धि गोलभेडामा भएको छ । एक महिनाअघिसम्म प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेडाको मूल्य अहिले प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ ।

एक सातायता लौका, भन्टा, बन्दा, काँक्रो, गाँजर, खुर्सानीलगायत सबै तरकारीको भाउ आकाशिदा निकै समस्या भएको उपभोक्ताको गुनासो छ ।

त्रिनगर कृषि उपज हाटबजार व्यस्थापन समिति धनगढीका अध्यक्ष भवानीसिंह चैसिरले स्थानीयस्तरमा तरकारी उत्पादनमा कमी हुँदै गएपछि बाहिरी जिल्ला र भारतबाट आयात गर्दा मूल्यवृद्धि भएको बताए ।

कैलालीमा डडेल्धुरा, डोटी र भारतका विभिन्न जिल्लाबाट तरकारी आयात हुने गरेको छ ।

Skip This