१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जिसस खोटाङमा एमालेको प्यानलै विजयी


0
Shares

समन्वय समितिको शुक्रबार सम्पन्न निर्वाचन परिणामअनुसार एमालेका तर्फबाट संयोजक पदमा उठाइएका बबी चाम्लिङसहित प्यानल नै विजयी भएको हो ।

विजयी चाम्लिङले १३ मत पाए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संयोजकका उम्मेदवार प्रकाश श्रेष्ठले ७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै, समन्वय समितिको सहसंयोजकमा एमालेकी गोमादेवी खत्री १३ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला राईले ७ मत ल्याइन् ।

यस्तै, जिल्ला समन्वय समितिका सदस्यहरुमा एमालेकी कमलकुमारी राई, भगवती प्रधान, रञ्जना राई, चर्चबहादुर बिक, अडिराम राई, उदयबहादुर कार्की र रुद्रबहादुर बिष्ट निर्वाचित भएका छन् ।

दुई नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङमा कांग्रेस, एमाले र माओवादी केन्द्र गरी जिल्लासभामा २० मत थियो ।