
उनले ४१ ह्जार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत रहेको छ ।
१९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउदै लगेकी छन् ।
उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो ।
वडा नं १९ को प्रारम्भिक मतपरिणाम अनुसार वडा अध्यक्षमा काँग्रेसको ७९१ , एमालेले ६१४ मत ल्याएको छ ।
मतगणना कार्य अहिले भरतपुरस्थित कवर्डहलमा जारी छ ।
यस वडामा काँग्रेसको तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ, एमालेबाट प्रकाश तामाङ र माओवादी केन्द्रबाट खड्कबहादुर गुरुङले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस वडामा कुल ३ हजार ७ सय ९७ मत मध्ये शुक्रबार २ हजार ८ सय ७० मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्