१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


भरतपुरमा मतगणना रोचक बन्दै, ज्ञवाली र दाहालबीच मतअन्तर १५३ मा झर्‍यो


0
Shares

भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना अहिले जारी छ । मतगणनामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीचको मतअन्तर कम हुँदै गएको छ ।

दुई उम्मेदवारबीच अहिले जम्मा १५३ मतकोमात्र अन्तर रहेको छ । २० नम्बर वडामा खसेको कुल ३ हजार ३०२ मतमध्ये ८०३ मत गणना गर्दा मतअन्तर कम हुँदै गएको हो ।

अहिलेसम्म प्रमुखका एमाले उम्मेदवार ज्ञवालीले ४२ हजार २०१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

माओवादी केन्द्रकी रेणु दाहालले ४२ हजार ४८ मत प्राप्त गरेर ज्ञवालीलाई पछ्याइरहेकी छन् ।

यसअघि, भरतपुर महानगर वडा नम्बर–१९ को मतगणना सकिँदासम्म एमालेका प्रमुखका उम्मेदवार ज्ञवालीले २२१ मतले अग्रता लिएका थिए ।

वडा नम्बर–१९ मा खसेको २ हजार ८७० मतमध्ये दाहालले १५ सय ३१ तथा ज्ञवालीले ९६६ मत प्राप्त गरेका छन् ।