१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


भरतपुरमा माओवादी केन्द्रकी दाहाल एमालेका ज्ञवालीभन्दा मात्र ४ मतले पछाडि


0
Shares

भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना जारी रहँदा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा मात्र ४ मतले पछाडि छिन् ।

२० नम्बर वडामा खसेको कुल ३ हजार ३०२ मतमध्ये १६०० मतगणना भइसकेको छ । जसमा ज्ञवालीले ४२ हजार ४१८ मत ल्याएका छन् भने दाहालले ४२ हजार ४१४ मत ल्याएकी छन् ।

भरतपुर महानगर वडा नम्बर–१९ को मतगणना सकिँदासम्म एमालेका प्रमुखका उम्मेदवार ज्ञवालीले २२१ मतले अग्रता लिएका थिए ।

वडा नम्बर–१९ मा खसेको २ हजार ८७० मतमध्ये दाहालले १५ सय ३१ तथा ज्ञवालीले ९६६ मत प्राप्त गरेका छन् ।

*सच्याइएको । यसअघि गल्तीवस रेणु दाहाल २ मतले अगाडि भन्ने समाचार सम्प्रेषित हुनगएकोमा क्षमा माग्दै सच्याइएको छ–सम्पादक ।