१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


भरतपुरमा माओवादीकी दाहाल एमालेका ज्ञवालीभन्दा ९९ मतले अगाडि


0
Shares

भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना जारी रहँदा माओवादी केन्द्रकी भरतपुर प्रमुख उम्मेदवार रेणु दाहाल नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा ९९ मतले अगाडि छिन् ।

२० नम्बर वडामा खसेको कुल ३ हजार ३०२ मतमध्ये दुई हजार ४०० मतगणना हुँदा माओवादीकी दाहालले ४२ हजार ७४४ मत ल्याएकी छन् भने एमालेका ज्ञवालीले ४२ हजार ६४५ मत ल्याएर पछ्याइरहेका छन् ।

यसअघि, वडा नम्बर–१९ को मतगणना सकिँदासम्म ज्ञवालीले समग्रमा २२१ मतले अग्रता लिएका थिए ।