१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


भरतपुर निर्वाचन : १९ नम्बर वडाको पुनः मतदातले नतिजा नै उलटपुलट (भिडियो रिपोर्ट)


0
Shares

वडा नम्बर १९ मा फेरि मतदान नभएको भए एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको हातमा भरतपुर महानगरपालिको बागडोर जाने लगभग निश्चित देखिएको थियो । त्यसबेला १९ नम्बर वडामा १ हजार ८ सय ९ मत गन्दासम्म ज्ञवाली कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहालभन्दा ७ सय ३३ मतले अघि थिए । तर दोस्रो पटक भएको निर्वाचनपछि गनिएको २ हजार मतमा ७ सय ३३ को अन्तरलाई घटाएर रेणुले ४ यस १७ मा सीमित गरिदिइन् । २ हजार मत गन्दासम्म ३ सय ६७ मतले त्यो वडामा देवीलाई रेणुले पछि पारिन् ।

यो फरकले नै रेणुलाई चुनाव जित्ने आधार बनिदियो । सोही बराबरको मत पहिला गन्दा ७ सय ३३ को फरकमा थियो भने दोस्रो चुनावपछि चार सय १७ मा झर्‍यो र रेणुले सबै मत गनिसक्दा दुई सय तीन मतले जितिन् । वडा अध्यक्षमा पनि २ हजार नै मत गन्दा कांग्रेसभन्दा एमाले निकै पछि पर्‍यो । अघिल्लो निर्वाचनमा पनि वडामा कांग्रेसले नै अग्रता लिईरहेको थियो । कांग्रेसको १ हजार १६ मत आउँदा एमाले वडामा ७ सय ७९ मै सिमित बन्यो ।

देवीका लागि १९ नम्बर वडाको दोस्रो चुनाव अफापसिद्ध भन्यो । उनले पहिला ल्याएको मत बचाउनमात्र नसकेका होइनन्, आफ्नै पार्टीका तर्फबाट वडा अध्यक्षमा ल्याएको मत जति पनि ल्याउन सकेनन् । एमालेका तर्फबाट वडा अध्यक्ष बनेकाले भन्दा १ सय ३१ मत कम मै रोकिए देवी ।

देवीले १९ नम्बरमा ९ सय ६६ मत ल्याए भने वडा अध्यक्षका उम्मेदवारले १०९७ मत ल्याएका छन् । यो अघिल्लो पटक एक हजार ८ सय ९ मत गन्दा देवीले ६ सय ६१ र रेणुले ७ सय १२ मत पाएका थिए भने अहिलेको निर्वाचनपछि २ हजार ८ सय ७० मतमा देवीले ९ सय ६६ र रेणुले १५२९ मत पाए । वडा अध्यक्ष १ हजार ८ सय ९ मतमा कांग्रेसले ८ सय १८ एमालेले ६ सय ५५ र माओवादी केन्द्रले १ सय ३५ मत पाएका थिए भने अहिले २ हजार ८ सय ७० मतमा कांग्रेसले १ हजार ४ सय ७८, एमालेले एक हजार ९७ र माओवादी केन्द्रले ६६ मत पाए ।

१९ नम्बरको सबै मत गनिसक्दा रेणुभन्दा देवी २ सय २१ मतले अघि थिए । तर वडा नम्बर २० मा पनि देवीलाई भन्दा रेणुलाई नै बढी मत आयो । यो वडामा देवीलाई भन्दा रेणुलाई ४ सय २४ मत बढी पर्‍यो । तर १९ नम्बर वडाको अघिल्लै अनुपातमा मत आइरहेको भए २० नम्बर वडाको मत मात्र रेणुलाई जिताउन निर्णायक बन्दैनथ्यो ।

दोस्रो निर्वाचनमा माओवादीले वडामा कांग्रेस उम्मेदवारलाई सहयोग गर्‍यो । जसका कारण ३ सय ९७ मतान्तरले कांग्रेसले वडा अध्यक्षमा जित हात पा¥यो । कांग्रेस उम्मेदवारले १ हजार ४ सय ७८ मत पाएका थिए भने एमाले उम्मेदवारले १ हजार ९७ मत पाए ।

अघिल्लो निर्वाचनमा १९ नम्बर वडामा २ हजार ८ सय ९७ मतदाता सहभागी भएकोमा पछिल्लोमा २ हजार ८ सय ७० सहभागि भएका थिए ।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये १४ मा एमाले, १२ मा कांग्रेस र ३ मा माओवादी केन्द्रले जित हात पारेका छन् । कांग्रेसकै मतदाताको साथ र सहयोगबाट जति रोमाञ्चित ढंगबाट रेणु मेयरमा निर्वाचित भइन्, महानगरपालिका सञ्चालनमा बाँकी दिन उनका लागि निकै चुनौतीपूर्ण देखिन्छ ।