Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


आर्मी र थ्रीस्टारबीच उपाधि भिडन्त


0
Shares

बारा, माघ १० । थ्रीस्टार क्लब बाराको सिमरामा जारी दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सिमरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो ।

थ्रीस्टारलाई विजयी गराउन खेलको ७१औं मिनेटमा विदेशी खेलाडी फोफना फोडेले गरेको गोल नै निर्णायक गोल हुन पुग्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

थ्रीस्टारले अब उपाधि भिडन्तमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक टिम नव जनजागृति युवा क्लबलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।