उतार चढावबीच बजार परिसूचक नेप्से साढे ४ अंक बराबरले उकालो लागेर १६ सय ६५ पुग्यो ।
उत्पादनमूलक, वाणिज्य बैंक र अन्य समूह सकारात्मक रहेसँगै नेप्से धनात्मक रहन पुगेको हो । उत्पादनमूलक र वाणिज्य बैंक समूहमा दोहोरो अंकको सुधार आएको हो भने अन्य समूह सामान्य अंकले हरियो रहेको हो ।
अरु बाँकी समूह सबै ओरालो लागे । बीमा, होटल, जलविद्युत, वित्त र विकास बैंक समूह ओरालो लागेका हुन् ।
बीमा समूहमा सबैभन्दा उच्च ५० अंकको गिरावट आयो । होटल समूह पनि ३४ अंकले झर्यो । जलविद्युत समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको ३३ लाख १८ हजार कित्ता शेयर १ अर्ब बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्