Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


माछा पालनको पकेट क्षेत्र बन्दै हाडीखोला


0
Shares

तीन वर्ष अघिसम्म धान खेती गर्ने यहाँका अधिकांश किसान अहिले माछापालनमा लागेका छन् । हाडिखोला मसिनेका ३० किसान परिवार माछापालन, बंगुरपालन र कुखुरा पालनतर्फ लागेका छन् ।

कृषि विकास कार्यालय मकवानपुरले माछा पालन पोखरी निर्माण गर्न प्रतिकठ्ठा ६ हजार रुपैयाँका दरले अनुदान दिएको र अन्य गैरसरकारी संस्थाले माछाका भुरा अनुदान दिएपछि कृषकहरु माछापालनतर्फ आकर्षित भएका हुन् ।

यहाँका किसानले माछापालनबाटै वार्षिक साढे सात लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । परम्परागत धान खेतीभन्दा माछापालनमा दोब्बर आम्दानी हुने र श्रम शक्ति तथा लागत कम हुने गरेकाले गाउँमा माछा पालन व्यवसाय फस्टाएको किसानको भनाइ छ ।