Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


किसानको असन्तुष्टिका कारण प्रथम चौँरी महोत्सव प्रभावित


0
Shares

महोत्सवप्रति असन्तुष्टि जनाउँदै चौँरीपालक किसानले आफूले पालेका चौरी नल्याएपछि महोत्सव नै प्रभावित भएको हो ।

महोत्सवस्थल कालिन्चोक घ्याङडाँडामा एउटा चौँरी गोठका ३३ ओटा चौँरीमात्रै प्रदर्शनीमा ल्याइएको छ । कालिन्चोक आसपासका क्षेत्रमा रहेका चौँरी किसानसँग करिव ४ सय चौँरी भएपनि अधिकांश चौँरी महोत्सवमा नल्याई चरणका लागि जंगलमा लगिएका छन् ।

महोत्सव स्थलमा चौँरीजन्य पदार्थ र घरेलु उद्यमसँग सम्बन्धित स्टलसमेत राखिएका छन् । ५ हजार पर्यटक भित्राउने लक्ष्यका साथ आयोजना गरिएको महोत्सव लगातारको बर्षाको कारण बाह्य पर्यटकको भने खासै उपस्थिति देखिएको छैन ।