संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र फ्रिडम फोरमले सोमबार संयुक्तरुपमा सार्वजनिक गरेको नेपालको नागरिक जलवायु बजेटसम्बन्धी प्रतिवेदनले यससम्बन्धी बजेट बढ्दै गएको जनाएको हो ।
नेपालमै पहिलोपटक गरिएको अध्ययनकाअनुसार पछिल्लो ५ वर्षयता जलवायु परिवर्तनसम्बन्धी समस्याबाट जुध्न छुट्याइने बजेट ७ गुणा बराबर बढेको छ ।
यसबाट सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको देखिने प्रतिवेदनमा जनाइएको छ ।
चालु आर्थिक वर्षको कुल बजेटको ३० प्रतिशत बढी अर्थात् ३ खर्ब ९३ अर्ब रुपैयाँ बराबर रकम जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरुका लागि छुट्याइएको प्रतिवेदनमा जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्