जिसस प्रमुखसहित ९ सदस्यीय समितिमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
मंगलबार भएको निर्वाचनबाट प्रमुखमा दयाराज बस्याल र उपप्रमुखमा मीरा मरासिनी विजयी भएका छन् । कुल २० मतमध्ये एमालेका उम्मेदवारहरुले १३ मत प्राप्त गरे ।
नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार होमप्रसाद अर्यालले ७ मतमात्रै पाएका थिए ।
सदस्यहरु एमालेका तुलबहादुर गाहा, ईश्वरीप्रसाद न्यौपाने, भेषबहादुर वंशी पनि १३ मतसहित निर्वाचित भए ।
समावेशीतर्फ होमप्रसाद ठट्राई, महिला सदस्यहरु इन्द्रकुमारी गाहा चिदी, कमला थापा र खरगती राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत भरतमणि खनालले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा जिल्लाका १० ओटा स्थानीय तहमध्ये एमालेले ६ तहमा र कांग्रेसले ३ तहमा प्रमुख–उपप्रमुख दुवै पद जितेका थिए ।
वगनासकाली गाउँपालिकामा भने अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।










प्रतिक्रिया दिनुहोस्