मंगलबार राजधानीमा पत्रकारहरुसँग सुझाव संकलन गर्ने कार्यक्रममा लोडसेडिङको अन्त्यका लागि डाटावेस निरीक्षण प्रविधि आवश्यक रहेको ऊर्जामन्त्री शाहीले बताए ।
डाटावेसले विद्युत्लाई गुणस्तरीय बनाउने भनाइ पनि ऊर्जामन्त्री शाहीको रहेको छ ।
सरकारी कार्यलयभित्र हुने संस्थागत भ्रष्टाचारमा कमी ल्याउनसके नेपालले लोडसेडिङको समस्या झेल्नुनपर्ने उनको विश्वास छ ।
विद्युत् क्षेत्रमा आधुनिक उपकरणको प्रयोगले लोडसेडिङको समस्या हल गर्न मद्दत पुग्ने दाबी उनले गरे ।
ऊर्जामन्त्री शाहीले लगानीमैत्री वातावरण बनाउन ठूला आयोजना अन्तर्राष्ट्रिय लगानीकर्तालाई र साना आयोजना घरेलु लगानीकर्तालाई जिम्मा दिनुपर्ने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्