किसानहरुले आज नगरपालिकाका प्रमुख उद्धव खरेललाई ज्ञापनपत्र बुझाउँदै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन माग गरे ।
अग्र्यानिक कृषि प्रणालीबाट कृषिमा सुधार र आत्मनिर्भर बनाउन सकिने भन्दै उनीहरुले कृषिमैत्री बजेट र कार्यक्रम ल्याउन पनि माग गरेका छन् ।
त्यस क्रममा प्रमुख खरेलले बुढानिलकण्ठ कृषि र पशुपालनका लागि उपयुक्त स्थल भएको भन्दै कृषकको सुझावबाटै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अग्र्यानिक कृषि प्रणालीका अभियन्ता संगम शेर्पाले समृद्ध नेपालका लागि व्यावसायीक कृषि आवश्यक रहेकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्