Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


टाटा मोटर्सको टिगोर सार्वजनिक, यस्तो छ विशेषता र मूल्य


0
Shares

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी टाटा मोटर्सले युवालक्षित टिगोर कार सार्वजनिक गरेको हो ।

टाटाले टिगोरलाई ‘स्टाइल ब्याक’ नामकरण गरेको छ । कम्पनीले कारको स्टाइलमा विशेष ध्यान दिएको छ ।

टिगोरको ‘इम्प्याक्ट’ डिजाइनका कारण कारलाई तेस्रो गाडीअन्तर्गत् समावेश गरेको टाटाका अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोन ओममीनले जानकारी दिए ।

टिगोरको ‘इन्टिलिजेन्ट’ स्पेसको प्रयोगमा ‘इन्भाइटिङ एवं ‘कनेक्टिभिटी’ विशेषताहरु रहेको छ । जसले सवारीधनीलाई ‘इन्टच’ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

टिगोर रिभोर्टन १ दशमल २ पेट्रोल इन्जिन, पेट्रोल भेरियन्ट र मल्टी ड्राइभ मोडमा उपलब्ध रहेको सिप्रदी प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

टिगोरको बजार मूल्य प्रतिकार २३ लाखदेखि ३० लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।