Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


मार्तडीमा पहिलो निजी वाणिज्य बैंक


0
Shares

बुधबार बैंक र युके एडबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ । बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा सन्चालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको बैंकले जनाएको छ ।

बैंकले ६ जुलाईमा शाखाको प्रारम्भिक उद्घाटन गरेको थियो । शाखा सन्चालनमा आएको पहिलो दिनमा नै ३१ ओटा निक्षेप खाता खोली ९ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

उक्त शाखामा बुधबार सम्ममा ३२० ओटा निक्षेप खाताहरुबाट एक करोड ५५ लाख बढी निक्षेप संकलन भइसकेको पनि बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले देशको अत्यन्तै विकट जिल्लामा निजी लगानीमा स्थापित बैंकहरुमध्ये पहिलो वाणिज्य बैंकको स्थापना भइ बैंकिङ पहुँच नभएको ठाउँमा बैंकिङ सेवा पुर्‍याएकोमा प्रशंसा गरेका थिए ।

बैंकले मार्तडी शाखाको अतिरित्त उक्त जिल्लामा थप तीनओटा शाखारहित बैंकिङ सेवा स्थापना गर्ने जनाएको छ ।