समितिको बुधबार बसेको बैठकले निजामती कर्मचारीहरुलाई पनि निगमको विमान चढ्न निर्देशन दिएको हो ।
समितिले आन्तरिक र बाह्य उडानमा सम्भव भएसम्म निगमको विमान प्रयोग गर्न/गराउन निर्देशन दिएको हो ।
समितिले निगमको ‘वाइडबडी’ विमान खरिद प्रक्रियाबारे जानकारी लिन मन्त्री, सचिव, निगमका महाप्रबन्धकसँगको अन्तरक्रियापछि यस्तो निर्देशन दिएको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले विदेश जाने नेपाली सरकारी प्रतिनिधिमन्डललाई निगमको विमान नै प्रयोग गर्नुपर्ने गरी समितिबाट निर्देशन दिए आफू खुसी हुने बताएका थिए ।
बैठकमा पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी एवं निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नयाँ विमान खरिद प्रक्रिया र त्यसको उपयोगबारे समितिलाई जानकारी गराएका थिए ।
सांसदहरुले निगमले ‘ग्राउन्ड हेन्डलिङ’बाटमात्र नभइ टिकट बेचेर कमाइ गर्नसक्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले चिनियाँ ‘वाइ १२’ विमान प्रयोगविहीन भएको भन्दै नयाँ वाइडबडीको विमान खरिदपछि पनि पाइलटको अभाव हुने/नहुने विषयमा ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्