१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


‘हात–हातमा मोबाइल तर टावरले काम गर्दैन, कुरा गर्न पाइँदैन’


0
Shares

भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले ध्यान नदिएको, राजधानीका सार्वजानिक यातायातका यात्रुले कस्टप्रदरुपमा यात्रा गर्नुपरेको भन्दै उहनीहरुले भूकम्पपीडित जनताको गुनासा सम्बोधन गर्न माग गरे ।

सांसदहरुले चालक अनुमतिपत्रलाई सहजीकरण गर्न, मौसमी रुघाखोकीकाबारेमा आमजनतालाई सचेत बनाउन र चेलीबेटी बेचबिखन रोकथाम गर्न सरकार असफल भएकोसमेत आरोप लगाए ।

यसरी आफ्नो धारणा व्यक्त गर्नेहरुमा अञ्जनी श्रेष्ठ, अञ्जना चौधरी, आनन्दप्रसाद पौडेल, अनारकली मियाँ, अनिता देवकोटा, अफिलाल ओखेडा, अमनलाल मोदी, अम्मरसिंह पुन, अमृतकुमार बोहरा, आदित्यनारायण कसौधन, उदयशम्शेर जवरा, कलेशादेवी महरा, केदारप्रसाद सञ्जेल र केशरी घर्तीमगर थिए ।

‘हात–हातमा मोबाइल तर टावरले काम गर्दैन’
व्यवस्थापिका–संसदको बिहीबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका जगदीश नरसिंह केसीले एउटै मागका लागि अनशन बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको हुँदा उनको जीवनरक्षा गर्न माग गरे ।

उनले ‘चिकित्सा शिक्षाकाबारेमा माथेमा आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्न, हालैको अविरल वर्षात्का कारण विभिन्न भागमा गएको पहिरोले जनधनको क्षति पुर्‍याएकामा सरकार र सदनको ध्यान जाओस्’–भने ।

नेकपा एमालेका अग्नि खरेलले संविधान कार्यान्वयनका लागि १३८ ओटा नयाँ कानुन बन्नुपर्नेमा सरकार आलटाल गरी बसेको आरोप लगाए ।

उनले निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाई ध्यान दिन पनि सुझाव दिए ।

नेकपा माओवादी केन्द्रका अग्नि सापकोटाले भ्रष्टाचार क्षयरोगकारुपमा देखापरेका चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सदनको सार्वजानिक लेखा समिति र अर्थ समितिले दिएको निर्देशन पालना गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले नेपाल आयल निगमको जमिन खरिद र राजश्व विभागका तत्कालीन महानिर्देशककाबारेमा सदनलाई जानकारी गराउन माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लीला श्रेष्ठले पेट्रोलियम एसोसिएनले पेट्रोलियम पदार्थ नेपाल आयल निगमबाट खरिद तथा बिक्री नगर्ने घोषणाले आमउपभोक्ता मर्कामा परेको बताइन् ।

राष्ट्रिय जनता पार्टीका अकबाल अहमद साहले संविधान संशोधन प्रस्ताव ल्याउन किन ढिलाइ भइराखेको छ ? भन्ने प्रश्न गरे ।

नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले ‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्ना सुविधा बढाउनभन्दा अधुरा योजना पूरा गर्न ध्यान दिनुपर्छ’–भने ।

नेपाल मजदुर किसान पार्टीका दिल्लीप्रसाद काफ्ले ‘जनताको हात–हातमा मोबाइल छ । तर, नेपाल दूर सञ्चार प्राधिकरणको टावरले काम गर्न सकेको छैन, कुरा गर्न पाइएको छैन’–भने ।

राष्ट्रिय जनमोर्चाका मीना पुनले एउटै माग राखी अनशन बसेका प्रा.डा. गोविन्द केसीले उठान गरेका माग सम्बोधन गर्न सरकारसित माग गरिन् । रासस