केही वर्षअघिसम्म बाँदर लाग्ने पाखोबारीलाई अहिले उनले नर्सरी बनाएर हराभरामात्र बनाएका छैनन्, जिल्लाकै उदाहरणीयसमेत बनेका छन् ।
४५ वर्षीय रनबहादुर थापाको परिवारले २०५७ सालमा ६ सय रुपैयाँ लगानीबाट सुरु गरेको नर्सरी व्यवसायबाट अहिले वार्षिक ४ लाख आम्दनी गरिरहेका छन् । थापाले आफ्नै जग्गामा बिरुवा उत्पादन गरि मनग्य आम्दानी गरिरहेका हुन् ।
कुनै बेला बाँदरका कारण अन्नबाली नै रोप्न छाडिएको यस स्थानमा थापाले लिची, कागती, मेवा, अनार, टिमुर, अंगुर लगायतका बिरुवा रोपेका छन् । आफ्नो बुवाले २०१८ सालमा गरेको सुन्तला खेतीबाट नै प्रभावित भई त्यसलाई ६ सय रुपैयाँबाट बिरुवा थप गरि व्यवसायलाई आधुनिकरण गरेको थापाले बताए ।
पछिल्लो समयमा देशका विभिन्न जिल्लाबाट विरुवा किन्नका लागि व्यवसायी आउने गरेका छन् । धौलागिरीका बाग्लुङ, मुस्ताङ, म्याग्दी, पर्वत, कास्की, रुकुम, रोल्पा र काठमाडौँबाट समेत व्यवसायीहरु आउने गरेको थापा बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्