Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


शुक्रबार सुनको भाउ ५०० ले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार पनि तोलामा ५०० रुपैयाँले नै बढेर तोलाको ५४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले वृद्धि आइ तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९३ डलर हाराहारीमा कारोबार भएको थियो ।