Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बागलुङमा पनि सेयर कारोबार, ब्याज खानेहरु मुनाफा खानतर्फ


0
Shares

बागलुङमा सेयर खरिद–बिक्रीको सुविधा दिन दिव्या सेक्युरिटी एन्ड स्टक हाउसले शाखा स्थापना गरेपछि ब्याजका लागि लगानी गर्नेहरु सेयर कारोबारमा आकर्षित भएका हुन् ।

केही समयपहिलेसम्म सेयर खरिद–बिक्रीका लागि काठमाडौं, पोखरा जानुपर्ने भएकाले सेयर कारोबारमा मानिसहरुको आकर्षण नभएपनि बागलुङबाटै कारोबार हुन थालेपछि आकर्षण बढेको दिव्या सेक्युरिटी एन्ड स्टक हाउस शाखा कार्यालय बागलुङले जनाएको छ ।

रेमिट्यान्स बढी मात्रामा आउने जिल्लाकोरुपमा बागलुङ जिल्ला परिचित भएकाले यहाँ सेयर कारोबार राम्रो हुनसक्छ भन्ने आँकलनसहित दिव्या सेक्युरिटीले शाखा स्थापना गरेको थियो ।

शाखा स्थापनापछि सेयर बजारमा बढ्दो आकर्षणका कारण शाखामा राम्रो कारोबार हुने गरेको बागलुङका इन्चार्ज कुमार शर्माले बताए ।

आफूले सेयर कारोबार गर्ने ठाउँ नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा गरेको लगानी कारोबार गर्ने ठाउँ पाएपछि सेयर कारोबारमा लगाएको स्थानीय बुलबहादुर खड्काले बताए ।

सेयर बजारकाबारेमा ज्ञान भएपनि सेयर कारोबार गर्ने ठाउँ नहुँदा कारोबार गर्न नपाएकाबेला बागलुङमै शाखा स्थापनापछि आफूहरुलाई सहज भएको सेयर कारोबारकर्ता मनोज बालाले बताए ।

सुरुमा सेयर बजारकोबारेमा बुझाउनै कठीन भएपनि अहिले सेयर बजारमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको बागलुङमा सेयर बजारसम्बन्धी सेमिनार तथा तालिमहरुको आयोजना गरिरहेको बागलुङ इन्भेस्टमेन्ट कम्पनीका पुनम शर्माले बताइन् ।

नेपाल धितोपत्र बोर्डबाट बागलुङमा शाखा स्थापना गर्ने अनुमति प्राप्त गरेपछि बागलुङबाट १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाइएको छ ।

बागलुङमा अहिले नियमित ३० भन्दा बढी लगानीकर्ताले दैनिक सेयर खरिद–बिक्री गर्ने गरेको जनाइएको छ ।