Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको प्रगति जारी


0
Shares

बैंकको शनिबार सम्पन्न बार्षिक साधारणसभामा संस्थाले प्रगति जारी राखेको जानकारी गराइएको हो ।

संस्थाले गत आर्थिक बर्ष २०७३/०७४ मा मुनाफा अघिल्लो बर्षको तुलनामा ९० प्रतिशतले बढाई ८६ लाख २१ हजार रुपैयाँ बराबर पुर्याएको हो ।

अध्यक्ष शिवदीप लोहनीले प्रगति विवरण प्रस्तुत गर्दै २०७० जेठ बाट मात्र औपचारीक रुपमा कारोबार शुरु गरेको संस्थाले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको जानकारी गराए ।

हाल ९०६ जना शेयर सदस्यको ४ करोड ३१ लाख शेयर पूँजी रहेको संस्थाले चालु आर्थिक बर्षमा १५ सय सदस्य पुर्याई ५ करोड शेयर पूँजी र ३० करोड बचत संकलन पुर्याउने लगायतका लक्ष्य राखेको छ ।