Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नेपाली भाषा अनुवादित महायानी बौद्ध ग्रन्थ सार्वजनिक


0
Shares

काठमाडौंमा आयोजित समारोहमा ४२ औं शाक्य ठ्रिजिन शरण्यनायक श्री रत्न बज्र रिम्पोछे र संचार मन्त्री मोहन बस्नेतले सो ग्रन्थ सार्वजनिक गरेका हुन् । तिब्बेतियन भाषा र लिपीमा रहेको सो ग्रन्थको नेपालीमा अनुवाद अर्थसहित गुह्येश्वरी राज मानन्धरले गरेका हुन् ।

२५ सय पृष्ठ र ११७ परिच्छेदको सो अनुवादित ग्रन्थ ९ किलो वजनको छ । १६ शताब्दीमा तिब्बती बौद्ध गुरु ड्रोल मा गोन् पोले विभिन्न तन्त्र र सुत्र ग्रन्थहरु संकलन गरि संग्रहित सो ग्रन्थ मानन्धरले नेपालीमा अनुवाद गरेका हुन् ।

२६०० बर्ष अघि शाक्यमुनि बुद्धले जीवनमा आईपर्ने सबै प्रकारका दुःख, बाधा व्यवधान, रोग व्याधि र अनिकाल लगायतका भय आदिको समाधान गर्ने मन्त्र तथा विधिहरुको संगालो नै धारणी संग्रह भएको महायानी बौद्ध सम्प्रदायको विश्वास छ । मानन्धरले तिब्बती बौद्ध विद्वानहरु विभिन्न शताब्दीमा नेपाल आई बज्रयानी गुरु बज्राचार्यहरुबाट बौद्ध दर्शन सिकेर तिब्बतमा लगेर संरक्षण गरेको तर अहिले हामीले संरक्षण गर्न नसक्दा अनुवाद गर्नु पर्ने हाम्रो नै कमजोरी भएको बताए ।

नेपालमा संस्कृत र रञ्जना लिपीमा रहेका यस्ता बौद्ध ग्रन्थहरु प्रायः लोप भईसकेको छ । सो अवसरमा रिम्पोछेले प्रवचन दिई ग्रन्थ प्रकाशनमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरेका थिए ।