Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बाढी प्रभावितहरूलाई सहयोग गर्न महासंघको अपिल


0
Shares

Fncci election

उक्त सहयोगमा महासंघको तर्फबाट नगद रु. १० लाख, नेपाल औषधि उत्पादक संघको तर्फबाट रू. ५० लाख नगद बराबरको औषधि, नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी रू. १५ लाख, शंकर ग्रुपको तर्फबाट नगद तथा जिन्सी गरी रू. ५ लाख, बागमती सफाई महाअभियानका तर्फबाट रू. १० लाख नगद र अन्य संघ संस्थाबाट रू. १० लाख गरी पहिलो चरणमा महासंघका तर्फबाट उक्त सहयोगको घोषणा गरिएको महासंघले जनाएको छ ।

साथै यसका लागि कार्य गर्न महासंघको सामाजिक सेवा फोरमका सभापति जयप्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरिएको महासंघले जनाएको छ ।

यसैगरी गैरआवासीय नेपाली संघ बाढी पिडितहरुको सहयोगार्थ राहत कोष स्थापना गरेको जनाएको छ । यसमा संघका अध्यक्ष शेष घले दम्पत्तिको संस्थाले १ करोड नै सहयोगको घोषणा गरेको छ ।

Skip This