Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


पूर्वी तथा मध्य नेपालमा विद्युत अवरुद्ध


0
Shares

हाल विराटनगर लगायत पूर्वाञ्चलका सम्पूर्ण जिल्लाहरुमा विद्युत आपूर्ति हुन सकेको छैन भने मध्यमाञ्चलका धेरैजसो जिल्लामा विद्युत आपूर्ति अवरुद्ध रहेको छ्र । यसरी विद्युत आपूर्ति अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमा माग्दै प्राधिकरणको सम्पूर्ण टिम यस समस्यालाई समाधान गरी छिटोभन्दा छिटो विद्युत आपूर्ति सुचारु गर्न तदारुकताका साथ लागेको जनाएको छ ।

मूख्य गरी १३२ र ६६ केभी लाइन तथा सवस्टेशनमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । धेरै सवस्टेशन तथा फिडर बन्द अवस्थामा रहेको हुँदा जलविद्युत गृहको क्षमता उत्पादन भन्दा धेरै कम उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

कालीगण्डकी ए (१४४ मेगावाट) को आयोजनाबाट १०० मेगावाट, मध्य मर्स्याङ्दी(७० मेगावाट)मा मात्र २५ मेगावाट, मर्स्याङ्दी (६९मेगावट)मा मात्र ३२ मेगावाट, बालाजु त्रिशुली ६६ के.भी. सर्किट ट्रिपिंग भएकाले चिलिमे र त्रिशुली ७/७ मेगावट र देवीघाटबाट ५ मेगावाट मात्र उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । गण्डक पावर हाउस पनि बाढीका कारणले बन्द अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।