Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुर्खेत र दैलेखमा विद्युत् सेवा अवरुद्ध, ‘मर्मत टोली अलपत्र’


0
Shares

सुर्खेत–कोहलपुर प्रशारण लाइनको बीचमा वर्षाले तार र खम्बामा क्षति पुर्‍याउदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण, सुर्खेत वितरण केन्द्रका सुपरभाइजर विजेश रन्जितका अनुसार विद्युत् सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने पत्ता लाग्न सकेको छैन् । चेपाङस्थित बबई नदीमा आएको बाढीले बिजुलीको खम्बा बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

अवरुद्ध विद्युत सेवा सुचारु गर्न गएको टोली राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरोले रोकिएको सुपरभाइजर रन्जितले बताए । भारी वर्षा र पहिरोका कारण मर्मत टोली अलपत्र परेको उनको भनाइ छ । रासस