Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


निर्वाचन आचारसंहिता भदौ १ गतेदेखि लागू


0
Shares

निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय निकाय/तह, स्थानीय निकाय/तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत् सुरक्षाकर्मी, निर्वाचन संलग्न कर्मचारी र राजनीतिक दल तथा राजनीतिक दलको भातृसंगठनलाई लागू हुनेछ ।

त्यस्तै, सरकारी तथा निजी क्षेत्रका सन्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि सोही मितिदेखि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

उम्मेदवारको हकमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति अर्थात् भदौ २१ गतेदेखि आचारसंहिता लागू हुने आयोगले जनाएको छ । रासस

Skip This