लगातारको बर्षाले विभिन्न राजमार्गमा गएको पहिरो र तराई क्षेत्रमा भएको डुबानका कारण सवारी आवागमन नै ठप्प भएपछि दैनिक उपभोग्य वस्तुको भाउ अकाशिएको हो ।
हरिया सागसब्जीलगायतका तरकारीजन्य सामानको भाउ अकासिएसँगै सर्वसाधारणलाई दैनिक गुजारा गर्नै कठिन परेको छ ।
विगतमा प्रतिकेजी ६० रुपैयाँमा पाइने गोलभेडाको मूल्य अहिले किलोको १ सय ४० रुपैयाँसम्म पुगेको छ ।
तरकारीको भाउ पनि दोब्बर भएको छ । अत्यधिक महंगीका कारण छाक टार्नै समस्या भएको गुनासो उपभोक्ताको छ ।
व्यापारीहरुले ढुवानी गर्नै समस्या भएका कारण मूल्यवृद्धि भएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्