Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘ऊर्जामा लगानी गर्न इच्छुक छौं’


0
Shares

बुधबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आइएफसीलाई आग्रह गरेका थिए ।

सरकारले आफ्नो ध्यान विद्युत् उत्पादन गर्नेतर्फ मोडेको बताउँदै मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराए ।

वैदेशिक लगानीप्रति उदार नीति लिएको भन्दै उनले लद्युजलविद्युत् र सौर्यऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न नेपालले नवीकरणीय ऊर्जा अनुदान नीति कार्यान्वयनमा ल्याएकोसमेत जानकारी गराए ।

सो अवसरमा वेर्नरले आफूहरु ऊर्जामा लगानी गर्न इच्छुक रहेको बताउँदै अपर त्रिशुली–१ को पीपीए गर्न पहल गरिदिन मन्त्री शाहीलाई आग्रह गरेकी थिइन् ।

उनले आइएफसीले मुख्यतः निजी क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै सरकारले लगानी गर्ने अवसर दिएमा आफूहरु लगानी गर्न तयार हुने प्रस्ट पारेकी थिइन् ।