काठमाडौं, माघ ७ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार खेलतालिका सार्वजनिक गर्दै यही माघ २५ गतेदेखि ‘बी’ डिभिजन सुरु गर्ने जनाएको छ ।
झम्सीखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच उद्घाटन खेल हुनेछ ।
प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने जनाइएको छ ।
१२ टिम सहभागी रहने प्रतियोगिताको समूह ‘ए’मा झम्सीखेल युथ क्लब, आरसीटी, श्रीकुमारी क्लब, सातदोबाटो क्लब, नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।
त्यसैगरी, समूह ‘बी’मा टुसाल युथ क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब, बाँसबारी क्लब र श्री भगवती क्लब रहेका छन् ।
विजेताले ८ लाख, उपविजेताले ५ लाख, तेस्रो हुने टिमले ३ लाख तथा चौथो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार पाउने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
हरेक खेलको विजेता टिमले २० हजार रुपैयाँ पाउनेछन् ।
त्यसैगरी, हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्