जिल्ला कृषि विकास कार्यालयका अनुसार बाढी र कटानबाट धान र माछापालन क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको हो । रौतहटमा १७ हजार हेक्टरको धानबाली नष्ट हुँदा १ अर्ब २० करोड क्षति भएको छ भने माछापालनतर्फ ७ सय २६ हेक्टर पोखरीमा क्षति पुर्याउँदा ८७ करोड बराबरको नोक्सानी भएको छ ।
३ सय हेक्टरमा रहेको तरकारी खेती नष्ट हुँदा ६ करोड, ३ सय हेक्टरको केरा खेती नष्ट हुदा डेढ करोड, हाँसमा ३० लाख, ३० हेक्टरमा रहेको वागवानी नर्सरी तर्फ १ करोड गरी रौतहटमा बाढीबाट दुई अर्ब १५ करोडको हाराहारीमा क्षति भएकोे जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत राजनारायण यादवले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्