Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुनको भाउ स्थीर, चाँदीको सामान्य घट्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५५ हजार ५ सय रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय डलरको हाराहारीमा कारोबार भएको थियो ।