Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सिजन बित्न लाग्दासमेत अलैंचीका बिरुवा बिक्री भएनन्


0
Shares

धनकुटाका विभिन्न नर्सरीमा उत्पादित अलैंचीका बिरुवा नर्सरीमै थन्किएका छन् । गत वर्षसम्म किसानको मागको ३० प्रतिशत बिरुवा पनि दिन नसक्ने धनकुटाको पाख्रिबासस्थित कृषि केन्द्रमा यो बर्ष विभिन्न जातका करिब ६ लाख अलैंची बिरुवा नर्सरीमा त्यसै हुर्किएका छन् ।

केन्द्रले साउने, भार्लाङ्गे, रामशाही, गोलशाही लगायत २० भन्दा बढी जातका अलैंचीको नर्सरी गरे पनि तन्तु प्रशारण विधिबाट उत्पादित बिरुवाको माग कममात्रै आएको छ ।

विगतका बर्षहरुमा अलैंचीका बिरुवा बेचेरै लाखौं रुपैयाँ कमाउँदै आएका किसान र नर्सरी व्यवसायी यो वर्ष बिरुवा बिक्री नभएपछि घाटामा परेका छन् । पछिल्लो समय किसान आफैंले मनग्गे बिरुवा उत्पादन गर्न थालेको र बगान विस्तार हुँदै गरेका पश्चिमी जिल्लामा पनि रोग फैलिन सक्ने भन्दै बाहिरी जिल्लाबाट बिरुवा ल्याउन प्रतिबन्ध लगाइएपछि पूर्वी जिल्लाका अलैंचीका बिरुवा बिक्री हुन सकेका छैनन् ।