फाइल तस्वीर
धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए ।
सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बाँकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ ।
आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन् । बुद्धले आईतबार, नेपाल वायुसेवा निगमले सोमबारदेखि उडान भर्ने कार्यालय प्रमुख सिंहको भनाइ छ । (रासस)









प्रतिक्रिया दिनुहोस्