Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कुशेऔँसी र तीजमा टेलिकमको विभिन्न सेवामा ‘अफर प्याकेज’


0
Shares

‘अफर प्याकेज’अन्तर्गत जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा ‘युट्युब डाटा प्याकेज’ र ‘डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज’ रहेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो ।

यी सबै ‘अफर प्याकेज’ भदौ ५ (भोलि) देखि १९ गतेसम्म खरिद गर्न सकिने छ ।

‘युट्युब प्याकेज’अन्तर्गत रु एकसयमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी, रु ६० मा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

‘डिस्काउन्टेड प्याकेज’अन्तर्गत ‘प्याक’ १५० र ‘प्याक’ २५० उपलब्ध हुने टेलिकमले जनाएको छ । ‘प्याक’ १५० अन्तर्गत रु १५० मा ६०० एमबी र ‘प्याक’ २५० अन्तर्गत रु २५० मा एक जिबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

यी दुई ‘प्याक’ क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

‘युट्युब डाटा’का लागि ‘वाईटी’ १ जीबी वा ५०० एमबी र डिस्काउन्टेड डाटा लिनका लागि ‘प्याक’ १५० वा ‘प्याक के’ २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ । यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने टेलिकमले जनाएको छ । रासस