Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


शेयरमा गिरावट, बीमा समूह सबैभन्दा उच्च ७५ अंकले झर्‍यो


0
Shares

कारोबार भएका अधिकांशजसो समूहमा गिरावट आयो । अन्य समूह नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह ओरालो लागेका हुन् । बीमा समूह सबैभन्दा उच्च ७५ अंकले झर्यो ।

उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको कमी आउँदा अरु समूह सामान्य अंकले रातो रहे ।

यस दिन कारोबार पनि औसत दिनमा तुलनामा खुम्चियो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५४ कम्पनीको २७ लाख बराबर कित्ता शेयर ५२ करोड २० लाख रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।