Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सरकारविरुद्ध सडक र सदनबाट संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी


0
Shares

काठमाडौं, असार १८ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारविरुद्ध सडक र सदनबाट संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा.महतले सरकारले नागरिकका सबै स्वतन्त्रता नियन्त्रण गरेर अधिनायकवादतर्फ अग्रसर भएकाले संघर्षको विकल्प नरहेको बताएका हुन् ।

उनले लोकतन्त्रविरुद्ध सरकारले गरेका कामको खबरदारी गर्दै लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्न आह्वानसमेत गरे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले सरकारले संवैधानिक अंगहरुलाई कार्यपालिका मातहत ल्याउने प्रयास गरिरहेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष समीरजंग शाहलगायतले प्रेस स्वतन्त्रताविरुद्ध सरकारले कुनै काम गरे कडा प्रतिकार गर्ने चेतावनी दिए ।