Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


भारतमा लागू भएको जिएसटी प्रणालीले नेपालको राजश्वमा कमी


0
Shares

कैलालीको त्रिनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनमा २७ करोड १५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १९ करोड ४३ हजार रुपैयाँमात्र असुल गरेको भन्सार अधिकृत नरेश कुमार आचार्यले बताए । यो लक्ष्यभन्दा ३० प्रतिशत कम हो ।

भारतमा लागू भएको जीएसटी प्रणालीको नकारात्मक प्रभाव नेपालको भन्सारमा परेका कारण अब राजश्व संकलनको लक्ष्य पूरा गर्न असम्भव हुने भन्सार अधिकृत आचार्यले बताए । यस वर्ष त्रिनगर भन्सारलाई ३ अर्ब ८७ करोड ९९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

भन्सार अधिकृत आचार्यले जीएसटी प्रणालीका साथै भन्सार छलीसमेत बढेका कारण साउनमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको हुन सक्ने बताए । जीएसटी प्रणाली लागू भएपछि भन्सार एजेन्टले बनाउने नक्कली बिल नियन्त्रणमा आउने विश्वास लिइएको थियो तर कैलालीमा यसको उल्टो भएको छ ।

जिएसटी प्रणाली लागू भएपछि कारोबारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर यकिन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेक नसच्याउने व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ ।

Skip This