भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटकाक्रममा सो आयोजनाको डीपीआरलाई अन्तिमरुप दिने समझदारी भएको हो ।
भारतीय कम्पनी वापकोषले लामो समयदेखि तयारी गरिरहेको डीपीआरका विषयमा दुवै मुलुकका ऊर्जासचिवको संयुक्त बैठकले अन्तिमरुप दिने भनेको पनि तीन वर्ष बितिसकेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणकाक्रममा आएको प्रतिबद्धतापछि डीपीआरलाई अन्तिमरुप दिन लागिएको हो ।
पञ्चेश्वर विकास प्राधिकरण गठन गर्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकाक्रममा सहमति भएको र सोहीअनुसार काम भइरहेको छ । प्राधिकरणको कार्यालय भीमदत्तनगरमा स्थापना गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक महेन्द्रमान गुरुङले डीपीआर तयारीलाई अन्तिमरुप दिने प्रधानमन्त्रीको प्रतिबद्धतापछि काम सम्पन्न हुने विश्वास व्यक्त गरे । रासस









प्रतिक्रिया दिनुहोस्