१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा (भिडियो)


0
Shares

निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्नेदेखि मतपत्र छपाउनेसमेतको काम सम्पन्न गरिसकेको छ ।

तर, केही दिनअघि आएको बाढीले सडकहरु भत्काएपछि गाउँगाउँमा निर्वाचन सामग्री पुर्‍याउन कठिन भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा असोज २ गते निर्वाचन हुँदैछ । १३६ तहमा जनप्रतिनिधि चुनिने यो निर्वाचनमा २६ लाख ६४ हजार ९२ मतदाता सहभागी हुँदैछन् ।

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र सम्बन्धित जिल्लामा पुर्‍याइसकेको छ भने अन्य आवश्यक तयारी पनि गरिरहेको छ ।

प्रदेश नम्बर–२ का ८ जिल्लामा २ हजार १३७ मतदानस्थल र ३ हजार ५६७ मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगले अब मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए ।

केही दिनअघि आएको बाढीले भित्री सडक क्षतविक्षत पारिदिएपछि आयोगलाई तयारी गर्न केही कठिनाइ भएको छ ।

निर्वाचन सामग्री लान तथा मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्न कठिनाइ भएको आयोगले जनाएको छ ।

आयोगले तत्काल त्यस्ता सडकको मर्मत गरी नागरिकलाई निर्वाचनतर्फ प्रेरित गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षणसमेत गराइसकेको छ ।

कतिपय नागरिक घरबारविहीन भएको र राहतको प्रतिक्षामा रहेको भन्दै आयोगले त्यस्ता समस्या समाधान गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

सात प्रदेशमध्ये ६ ओटामा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

भिडियो हेर्नुहोस्