१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


भदौ ५ गते १८ वर्ष पुगेकालेमात्र मतदान गर्न पाउने


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदातालेमात्र मतदान गर्न पाउने निर्णय गरेको हो ।

सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर १० गते आइतबारका लागि घोषणा गरिसकेको छ ।

सरकारले निर्वाचन गर्ने गरी मिति घोषणा गरेकै दिनलाई आयोगले १८ वर्ष उमेर पूरा भएको दिन मानेको हो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्थाअनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलन/दर्ता भएका व्यक्तिको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए । रासस